NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व सप्तमी - ७

बारम्बार सोधिने प्रश्नहरू

भन्सार कार्यालयहरुमा यात्रु शाखा मित्रराष्ट्रहरुका भन्सार कार्यालयहरु खुल्ने र बन्द हुने समयानुसार खुल्ने गर्दछ । समन्वय गरी विहान देखि राती सम्म खुल्ने गर्दछ । कञ्नपुर भन्सार कार्यालय गड्डाचौकीको यात्रु शाखा विहान ७ बजे देेखि बेलुका ७.१५ बजे सम्म खुल्ने गर्दछ । कञ्चनपुर भन्सार कार्यालयको मालवस्तु जाँचपास कार्य कार्यालय समयानुसार गर्ने गरिन्छ । शनिवारको दिन पूर्ण बन्द रहन्छ भने सार्वजनिक विदाको दिन दिनको २ बजे सम्म खुल्ने गर्दछ ।

नेपाल र भारतमा निर्वाचन हुँदा र बनबसामा रहेको शारदा बैराज रहेको महाकाली नदिको पानीको मात्रा उच्च स्तरमा पुग्दा सिमा नाका बन्द रहन्छ ।

पुल शारदा बैराज खुल्ने समय (गर्मि र जाडो दुवै) विहानः- ६.१५ बजे देखि ८.१५ बजे सम्म । विहानः- १०.१५ बजे देखि दिउँसो १२.१५ बजे सम्म । दिउँसोः- २.१५ बजे देखि ४.१५ बजे सम्म । साँझः- ६.१५ बजे देखि ७.१५ बजे सम्म ।

क्योटो महासन्धीले गरेको परिभाषा अनुसार भन्सार सम्बन्धी कानूनको प्रशासन गर्ने र भन्सार महसुल, कर, शुल्क एवं दस्तुरहरु संकलन गर्ने सरकारी सेवा नै भन्सार हो ।